नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ढुंगानालाई केही समय अघि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो ।  बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद पठाएको थियो ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो ।

समितिले खुल्ला प्रतिष्पर्धाबाट आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो । ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।

पूर्वी नेपालको मोरङ जिल्लामा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत