नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ढुंगानालाई केही समय अघि बोर्डमा विज्ञका रुपमा सञ्चालक नियुक्त गरिएको थियो ।  बोर्ड अध्यक्ष नियुक्तीका लागि गठित समितिले ढुंगानासँगै बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशब प्रसाद श्रेष्ठको नाम अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद पठाएको थियो ।

अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालकोे संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य रहेको छनौट समिति गठन गरेको थियो ।

समितिले खुल्ला प्रतिष्पर्धाबाट आव्हान गर्दा ८ जनाको आवेदन परेको थियो । ढुंगानाले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए तथा बेलायतबाट विजनेश फाइनान्समा एमबीएसम्मको अध्ययन गरेका छन् ।

पूर्वी नेपालको मोरङ जिल्लामा २०१९ माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए भने २०४६ सालमा नेपाल राष्ट्र बैंक प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ

बाँकेको डुडुवाका किसानलाई अनुदानमा धानको बीउ वितरण

खजुरा । बाँकेको डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ ।   नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौँ । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस