१५ करोड ५१ लाख राजश्व छली आरोपमा छ जनाविरुद्ध मुद्दा



काठमाडौं । राजश्व अनुसन्धान विभागले १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसमेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजश्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको आरोप छ ।

उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताए ।

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी १२ करोड ८७ लाख बिगो बराबरको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साहसहित दुई जनाले दुई करोड ६४ लाख बिगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा

ढोरपाटन । वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको

शेयर बजारमा ११ अंकको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको

पोखरा उद्योग वाणिज्य सङ्घ : पोखराको समृद्धिको महत्वपूर्ण साझेदार

गण्डकी । जहानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन्