मुक्तिनाथका एकैदिन १८ वटा शाखा उद्घाटन



काठमाडौं । मुक्तिनाथ विकास बैंक पछिल्लो समय शाखा सञ्जाल बिस्तारमा आक्रामक बनेको छ । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा एकैपटक १८ वटा शाखाको डिजिटल उद्घाटन गरेको छ ।

बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा काठमाडौमा रहेको केन्द्रीय कार्यालयबाटै १८ शाखाको डिजिटल उद्घाटन गरिएको हो ।

काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनँहुको आँबुखैरेनी, लमजुङ्गको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङ्गको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी,झापाको काँकरभिट्टा, ईलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिक रुपमा शाखा समुद्घाटन गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शाखा उद्घाटनसँगै वार्षिकोत्सवका लागि तयार विशेष समारोहको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका थिए । सो अवसरमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा बैंकका पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालकहरु, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधीकारीहरुको उपस्थिति रहेको थियो । साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा पनि विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, चेपाङ्ग संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरुमा डस्ट्वीन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरुमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

एक सय ५९ खानी उत्खननका लागि अनुमति

  काठमाडौँ ।  खानी तथा भूगर्भ विभागले विभिन्न समयमा खोजतलास गरिएका एक सय