सरकार र उखु किसानबीच पाँच बुँदे सहमति



काठमाडौं । सरकार र उखु किसानबीच पाँच बुदे सहमति भएको छ। सहमतिसँगै उखु किसानहरुले आन्दोलन फिर्ता लिएका छन्। शुक्रबार उद्योग मन्त्रालयमा उद्योगमन्त्री लेखराज भट्ट र आन्दोलनरत उखु किसानहरूबीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

पाँच बुँदे सहमतिमा सरकारले तोकेको उखुको मूल्य अनुसार नै किसानलाई भुक्तानी दिलाउने उल्लेख छ। सरकारले यसअघि नै चालु आर्थिक वर्ष २०७६/७७ का का लागि उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ रुपैयाँ निर्धारण गर्ने निर्णय गरिसकेको छ। उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी खरिद मूल्य प्रति क्विन्टल ५३६.५६ रुपैयाँ निर्धारण गर्न स्वीकृति मन्त्रिपरिषदले दिइसकेको छ।

सरकारको यही निर्णयअनुसार अब उखु किसानहरुले पाउन बाँकी भुक्तानी पाउनेछन्। यस्तै, उखु किसानहरुको सम्पूर्ण वक्यौता रकम चिनी उद्योगीहरुले माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति पनि भएको छ ।

उखु किसानहरुको हरेक वर्ष देखिन भुक्तानी समस्याको दीगो समाधान गर्न उखु खरिद विक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकाय, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने र उक्त कार्यदलको प्रतिवेदन क्रमशः कार्यान्वय गर्ने पनि सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आर्थिक गतिविधिमा आएको समस्याका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमाः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको २०८० साल