उखुको रकम भुक्तानीको माग गर्दै उखु किसान माइतीघरमा धर्नामा



काठमाडौं । सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । चिनी मिलहरुले सात वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

२०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नुपरेको उखु किसानले गुनासो गरेका छन् । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उनीहरुले गुनासो गरेका छन् । काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिनयता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् ।

भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

मिलहरुले अहिले आफुखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६÷५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट पर्यटनमैत्री : होटल सङ्घ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेटप्रति होटल व्यवसायीहरुको छाता

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य

सही नीति लिनका निम्ति बजेटले लिनपर्ने पहलकदमी लिएको छः अर्थमन्त्री पौडेल(अन्तरवार्ता)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसदमा प्रस्तुत

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण