चेम्बर भवनमा राखियो भ्रमण वर्षको लोगो र सन्देशसहितको होडिङ वोर्ड



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव केदारबहादुर अधिकारीले पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा पर्यटन सचिव अधिकारीले निजी क्षेत्रबिना पर्यटन प्रवद्र्धन सम्भव नभएको बताएका हुन् । उनले पर्यटन व्यवसाय भएको र यसको फाइदा निजी क्षेत्रलाई प्रत्यक्ष हुने भएकाले निजी क्षेत्रको सहभागिता बिना पर्यटन वर्षको लक्ष्य हासिल गर्न सम्भव नरहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्र पूर्ण रुपमा व्यवसाय भएकाले भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रको सकृयता आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज वैद्यले सरकारी र निजी क्षेत्रको सहकार्यपछि मात्र भ्रमण वर्ष पूर्ण रुपमा सफल हुने बताए ।

उनले भ्रमण वर्षको उद्घाटन भव्य रुपमा सम्पन्न गर्न पनि निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए ।
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवन कान्तिपथमा भ्रमण वर्षको लोगो र सन्देशसहितको आकृतिको होडिङ वोर्ड राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत