नेपाल बंगलादेश बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल बंगलादेश बैंकको साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट १२ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बैंकको सोमबार बसेको २५ औं वार्षिक साधारण सभाले ५ प्रतिशत बोनस शेयर सहित कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै अर्को कुनै बैंक वा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने तथा गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक सहमति तथा सम्झौता गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने पस्ताव समेत पारित भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा बैंकले कुल निक्षेमा २४ दशमलव ५५ प्रतिशतले वृद्धि गरी ५९ अर्ब ७६ करोड रुपैयाँ पु¥याएको र ५५ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले गत वर्ष १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । त्यस्तै बैंकको निष्कृय कर्जा भने १ दशमलव ७४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार भने उकालो

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत