नबिल बैंकको ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’



काठमाडौं । नबिल बैंकले ३५ घण्टाभित्र साना तथा मझौला उद्यम कर्जा दिने गरी ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित ‘क्रेडिट स्कोरिङ मोडल’ अर्थात् कर्जा अंकन ढाँचाका आधारमा यो योजना ल्याएको जनाएको छ । बैंकले यूडेएड सक्षमसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अनिल केशरी शाहले उद्यम कर्जाका लागि आवेदन दिने ग्राहकको कर्जा स्वीकृत भए÷नभएको ३५ घण्टाभित्र जानकारी दिइने बताए । बैंकले अधिकतम ७५ लाख रुपैयाँसम्म १०.५ प्रतिशत ब्याजदरमा यो कर्जा दिने उनले बताए । यो योजना साना तथा मझौला उद्यमका लागि मात्रै रहेको बैंकले जनाएको छ ।

नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजनाको सफलतापछि साना तथा मझौला क्षेत्रका लागि यो योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल पहिलो बैंक बन्ने बैंकले जनाएको छ ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिने गरी ‘आकर्षक प्याकेज’ का साथ यो योजना ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

गलकोट ।  बाग्लुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुस्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको