पुस १२ गतेदेखि पोखरा सडक महोत्सव



काठमाडौं । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्य सहित रेबान पोखराले पुस १२ देखि १६ गते सम्म ‘२१ औं पोखरा सडक महोत्सव २०१९/२०’ आयोजना गर्न लागेको हो ।

रेबान पोखराले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो । सम्मेलनमा सडक महोत्सवका संयोजक तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका उपाध्यक्ष लक्ष्मण बरालले सातै प्रदेश र पोखरा सेरोफेरोका सांस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुने जानकारी दिए ।

उनले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको बताए ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला प्रदर्शनी लगायत रहेको छ । महोत्सवले भ्रमण वर्ष २०२०मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न समेत सहयोग पुर्याउने विश्वास आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटमा निजी क्षेत्रलाई प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी

बजेटमार्फत के–के भयो करमा हेरफेर ?

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै

श्रम र रोजगार क्षेत्रको बजेट झण्डै आधाले घट्यो

काठमाडौं। सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि बजेट घटाएको छ। चालु

सरकारले आगामी आर्थिक वर्षका लागि ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट(पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि १९ खर्ब ६४ अर्ब