लक्ष्मी बैंकले शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । लक्ष्मी बैंकको १९ वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई बोनस शेयर र नगद लाभांस दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको बैंकको साधारणसभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश र चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो ।

बैंकले ४४ करोड ६० लाख २५ हजार ४३२ रुपैयाँ बराबरको नगद लाभांश र ८९ करोड २० लाख ५० हजार ८६४ रुपैयाँ बराबरको बोनस शेयर दिने भएको हो । नगद लाभांशमा कर प्रयोजनका लागि समेत छुट्याइएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक रमण नेपालले बैंकले निक्षेप तथा कर्जामा उल्लेखनिय वृद्धि गर्त सफल भएको र झण्डै ३५ प्रतिशत खुद नाफा वृद्धि गर्न सफल भएको जानकारी दिए ।

यस्तै बैंकले उपयुक्त बैंक वा वित्तिय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सन्दर्भमा काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । लक्ष्मी बैंकले ४८ जिल्लामा ११९ शाखा, १४४ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका

बजेटमा निजी क्षेत्रलाई प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी

बजेटमार्फत के–के भयो करमा हेरफेर ?

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै