सुनचाँदीमा राजश्व छली गर्नेविरुद्ध राजश्व अनुसन्धान विभागद्वारा मुद्दा दायर



काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ ।     कैलालीको धनगढी उपमहानगरपालिका–१ का रमेशकुमार सैजु र सीताकुमारी चौधरीले राजश्व चुहावट गरेको पाइएकाले एक करोड ५३ लाख १५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबीसहित मुद्दा चलाइएको राजश्व अनुसन्धान विभाग ललितपुरले जनाएको छ ।

उनीहरुले एक करोड २३ लाख मूल्य बराबरको सुन र झण्डै चार लाख बराबरको चाँदीमा राजश्व छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । उनीहरु विरुद्ध बुधबार मुद्दा दायर गरिएको विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बा १९ च ७४१३ नम्बरको गाडी जाँच गर्दा बिना बिलविजक उक्त मूल्यको सुन र चाँदी फेला पारी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको थियो । अनुसन्धानमा कुनै वैधानिक प्रमाण फेला नपरेकाले सैजु र चौधरीले बिना इजाजत अन्य मुलुकबाट भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरी ल्याएको देखिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा सामान्य अंकको बृद्धि

काठमाडौं । बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से ७ दशमलव

बजेट एकात्मकतावादी : सांसद गुरुङ

काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले बजेट नारा र निबन्धमा राम्रो भएपनि

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबुलकारको उद्घाटन

बुटवल । बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउपालिका ३ वसन्तपुरडाँडासम्म जोड्ने गरी बनाईएको लुम्बिनी

शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको