फागुन दुई गतेदेखि क्यान इन्फोटेक हुने



काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुन २ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२०’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रदर्शनीमा सूचना, प्रविधि र मनोरन्जन सम्बन्धी प्रदर्शनी हुने छ । क्यान महासंघका महासचिव नारायण थापाले सूचना तथा सञ्चार प्रविधि बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले यससँगै सन २०२० मा उपत्यका बाहिरपनि सबै प्रदेशमा क्यान इन्फोटेक प्रदर्शनी आयोजना गर्न लागिएको समेत बताए । महासंघले प्रदेश १ को इटहरी, प्रदेश २ को विरगञ्ज, प्रदेश ३ को चितवन, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको धनगढीमा प्रदेश स्तरीय र प्रदेश ५ को नेपालगञ्जमा जिल्ला स्तरीय प्रदर्शनी आयोजना गर्ने भएको छ ।

सूचना प्रविधि प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरु, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । यस्तै क्यान महासंघका अध्यक्ष नवराज कुवँरले पर्यटन वर्ष २०२० लाई मध्यनजर गरी अन्तर्राष्ट्रियस्तरको क्यान इन्फोटेक गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ

बजेटमा कर्णालीः पुराना योजनामा बजेट थप गरेर कामको निरन्तरता

कर्णाली । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्,

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका