कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र निश्कासन अनुमति



काठमाडौं । कुमारी बैंक लिमिटेडलाई धितोपत्र बोर्डले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ ।

योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ। बोर्डले बैंकलाई १०.२५% कुमारी बैंक डिवेञ्चर(२०८६) निश्कासनको अनुमति दिएको हो ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासनको गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो ।

पछिल्लो समय राम्रो ब्याज अफर गर्ने बैंकहरुको ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिइरहेको छ । यसअघि प्रभू बैंकले निश्कासन गरेको रु। १ अर्ब रुपैयाँको ऋणपत्र समय सीमा भन्दा निकै अघि बिक्री भएको थियो भने सनराइज बैंकले समेत समयमै ऋणपत्र बिक्री गर्न सकेको थियो ।

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापनमा सहयोग हुने हिसाबले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासनको व्यवस्था गरेसँगै बजारमा एकपछि अर्को ऋणपत्र आइरहेका छन् । कुमारीले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेड रहेको छ ।

कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निश्कासन हुनेछ भने बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुने बताइएको छ । कुमारी बैंकको हालको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षमा ऋणपत्र निश्कासनको अनुमति पाउने कुमारी बैंक पाँचौ संस्था हो । यसअघि सिद्धार्थ बैंकले २ अर्ब ५० करोड, लक्ष्मी बैंकले २ अर्ब, प्रभू बैंकले १ अर्ब र सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन अनुमति पाएसँगै बिक्री गरिसकेका छन् ।

अनुमति पाएकामध्ये लक्ष्मी बैंक र कुमारी बैंकको ऋणपत्रको अवधि १० वर्षे रहेको छ । अन्यको ऋणपत्र भने ७ वर्षे अवधिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्मीले अण्डा उत्पादन घट्दा लागत बढ्यो

चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास

यसवर्ष मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशको सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान

काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल

काठमाडौँ। बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका

राष्ट्रिय वाणिज्य बैंक र मुद्रण विभागबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मुद्रण विभागबीच विभागका कर्मचारीलाई ‘पेसाकर्मी सरल