कुमारी बैंकलाई तीन अर्बको ऋणपत्र निश्कासन अनुमति



काठमाडौं । कुमारी बैंक लिमिटेडलाई धितोपत्र बोर्डले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति दिएको छ ।

योसँगै बैंकले निकट भविष्यमै १० वर्षे अवधिको ३ अर्ब बराबरको ऋणपत्रका युनिट निश्कासन गर्नेछ। बोर्डले बैंकलाई १०.२५% कुमारी बैंक डिवेञ्चर(२०८६) निश्कासनको अनुमति दिएको हो ।

बैंकको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाउनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

कतिपय वाणिज्य बैंकले छोटो अवधिका ऋणपत्रमा समेत १० प्रतिशत मात्र ब्याज दिइरहेको बेला कुमारीले लामो अवधिका लागि निश्कासनको गरेको ऋणपत्रमा अफर गरेको ब्याज आकर्षक हो ।

पछिल्लो समय राम्रो ब्याज अफर गर्ने बैंकहरुको ऋणपत्रमा लगानीकर्ताहरुको आकर्षण देखिइरहेको छ । यसअघि प्रभू बैंकले निश्कासन गरेको रु। १ अर्ब रुपैयाँको ऋणपत्र समय सीमा भन्दा निकै अघि बिक्री भएको थियो भने सनराइज बैंकले समेत समयमै ऋणपत्र बिक्री गर्न सकेको थियो ।

नेपाल राष्ट्रबैंकले बैंकहरुलाई दीर्घकालीन प्रकृतिका स्रोतको व्यवस्थापनमा सहयोग हुने हिसाबले कोर क्यापिटलको २५ प्रतिशत बराबरको ऋणपत्र निश्कासनको व्यवस्था गरेसँगै बजारमा एकपछि अर्को ऋणपत्र आइरहेका छन् । कुमारीले निश्कासन गर्न लागेको ऋणपत्रको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेड रहेको छ ।

कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निश्कासन हुनेछ भने बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुने बताइएको छ । कुमारी बैंकको हालको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षमा ऋणपत्र निश्कासनको अनुमति पाउने कुमारी बैंक पाँचौ संस्था हो । यसअघि सिद्धार्थ बैंकले २ अर्ब ५० करोड, लक्ष्मी बैंकले २ अर्ब, प्रभू बैंकले १ अर्ब र सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन अनुमति पाएसँगै बिक्री गरिसकेका छन् ।

अनुमति पाएकामध्ये लक्ष्मी बैंक र कुमारी बैंकको ऋणपत्रको अवधि १० वर्षे रहेको छ । अन्यको ऋणपत्र भने ७ वर्षे अवधिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आयोजना बैंकमा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश

काठमाडौं । राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका

गभर्नर नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैङ्कका गभर्नरमा डा. विश्व पौडेललाई गरेको नियुक्तिविरुद्ध