नेपाल पूर्वाधार बैंकले विदेशी वित्त बजारमा ऋणपत्र जारी गर्ने



काठमाडौं । नेपाल पूर्वाधार बैंकले चालु आर्थिक वर्ष भित्र विदेश वित्त बजारमा ऋणपत्र जारी गरी ५ अर्ब रुपैयाँ भित्र्याउने भएको छ । बैंकको आइतबार बसेको साधारणसभामा बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशमा रहेका वित्त बजारमा ५ अर्ब रुपैयाँ बराबरको र नेपालमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी दिए ।

२०७५ फागुन २२ गते देखि औपचारीक रुपमा सञ्चालनमा आएको यो बैंकले आर्थिक वर्ष २०७५/०७६ मा कुनैपनि पूर्वाधार तथा परियोजनामा लगानी गर्न सकेको छैन । अध्यक्ष अग्रवालले बैंकले लगानीका लागि पूँजी निर्माण र लगानीका लागि परियोजनाको छनोटको विषयमा काम गरिरहेको बताए ।

पूर्वाधार विकास बैंकले अहिले सम्म कांस्की जिल्लामा रहेको ३२ मेगावाटको करुवा सेती र ४९ मेगावाटको मिडल मेवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गरेको छ । यी आयोजनामा करिब ३ अर्ब लगानी स्वीकृत गरेको बैंकले जनाएको छ ।

बैंकको साधारणसभाले कुल पूँजीको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न गर्नुपर्ने सबै कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको छ ।

यो प्रकृया पुरा भएपछि बैंकको चुक्ता पूँजी १२ अर्बबाट बढेर २० अर्ब रुपैयाँ पुग्ने छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ६ रुपैयाँ ५७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि

काठमाडौँ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

गलकोट ।  बाग्लुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुस्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको