नेपाल एसबिआई बैंकले १६.८४ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । बैंकको आइतबार काठमाडौंमा बसेको २६ औं आर्षिक साधारणसभाले उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावमाथि छलफल गरी पारित गरेको हो ।

बैंकले कुल चुक्ता पूँजीको १०.८४ प्रतिशत अर्थात ९१ करोड ६० लाख ७६ हजार ६ सय ३६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । त्यस्तै साधारणसभाले चुक्ता पूँजीमा ६ प्रतिशत अर्थात ५० करोड ६९ लाख ५५ हजार ३१ रुपैयाँ बराबरको बोनस शेयर दिने प्रस्ताव समेत पारित गरेको छ । बैंकका अध्यक्ष बी.आर.एस सत्यनारायणले बोनस शेयर र नगद लाभांशमा लाग्ने कर सहित लाभांश पारित गरिएको घोषणा गरे ।

त्यस्तै साधारण सभाले स्वतन्त्र सञ्चालक तर्फ बिमला सुवेदीलाई नियुक्त गरेको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरु प्राप्ति गर्ने तथा आवस्यक सहमति गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती गर्ने/गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कमहरु गर्न गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

  ललितपुर ।  काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा