१२ औं निर्माण दिवसमा प्रभातफेरि कार्यक्रम 



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । महासंघले आइतबार काठमाडौंका विभिन्न ठाउँ परिक्रमा गरी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफूहरु आन्दोलित हुनुपरेको बताए । उनले निर्माण व्यवसायीको फाइदाको लागि भन्दा पनि देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरु हटाउन सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्नका लागि आन्दोलन गर्नुपरेको बताए ।

उनले ऐन संशोधन नभए परियोजनाहरुको म्याद थप नहुने र नयाँ आयोजनामा सहभागी हुन समेत नसक्ने बताए । महासंघले निर्माण दिवसका आवसरमा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटक आगमनमा उल्लेख्य वृद्धि

काठमाडौं । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन दशकका रुपमा

२५ सार्वजनिक संस्थान नाफामा, १७ घाटामा र दुईवटाको कारोबार शून्य 

काठमाडौं । सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७

‘ब्रोडब्यान्ड इन्टरनेट’ सेवा ६ हजार सात सय ४३ वडामा

  काठमाडौं । सरकारले सूचना प्रविधिको निरन्तर विकाससँगै आमजनतामा त्यसको पहुँच विस्तार गर्दै

शाखा विस्तारसँगै बैंङ्कि कारोबार गर्ने जनसंख्या उल्लेख्यबृद्धि

काठमाडौं । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच