१२ औं निर्माण दिवसमा प्रभातफेरि कार्यक्रम 



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । महासंघले आइतबार काठमाडौंका विभिन्न ठाउँ परिक्रमा गरी प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफूहरु आन्दोलित हुनुपरेको बताए । उनले निर्माण व्यवसायीको फाइदाको लागि भन्दा पनि देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरु हटाउन सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्नका लागि आन्दोलन गर्नुपरेको बताए ।

उनले ऐन संशोधन नभए परियोजनाहरुको म्याद थप नहुने र नयाँ आयोजनामा सहभागी हुन समेत नसक्ने बताए । महासंघले निर्माण दिवसका आवसरमा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन सरकारले देखेको मुलुकको अर्थतन्त्रको चुनौती

काठमाडौँ । सरकारले मुलुकको अर्थतन्त्रमा रहेको चुनौतीका बारेमा बुँदागत रुपमा जानकारी दिएको छ

बजेटमा कर्णालीः पुराना योजनामा बजेट थप गरेर कामको निरन्तरता

कर्णाली । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कर्णाली प्रदेशका लागि जलविद्युत्,

सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका