कामना सेवाको १०५औं शाखा काठमाडौंको मनमैजुमा



काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौंकोे तारकेश्वर नगरपालिका–१० मा आफ्नो १०५औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ। मनमैजु नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरे।

कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक विश्वेश्वर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत,नायब महाप्रबन्धक हरि प्रसाद लम्साल, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए।

यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १०५ वटा शाखा तथा ५४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा

शेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयर बजार नेप्से बिहीबार भने दोहोरो अंकले

‘घुमौँ सौराहा’ अभियानलाई निरन्तरता दिइँदै

भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन्

बागलुङको अधिकांश खेतीयोग्य जमिनमा अम्लियपना

  गलकोट । बागलुङ नगरपालिका–८ सिगानामा गत आइतबार सञ्चालित माटो परीक्षण शिविरमा ७५