बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन गएः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन् ।

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकीकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठूलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताएका हुन् ।

उनले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताए । त्यसका लागि ठूलो आकारको बैंक हुँदा सहज हुने उनको भनाई थियो ।

उनले अल्पकालिन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने भन्दै ठूलो पूँजी निर्माणका लागि ठूला बैंक आवश्यक रहेको समेत बताए । उनले ठूला बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्राउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृत्ति विकास र सूचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे ।

उनले ठूलो बैंक भएपछि ठूला परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मर्जरपछि बैंकहरु ठूलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताए । उनले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा दिए ।

गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्ने सम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गरे । ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ ।

ठूलो बैंकले अर्थतन्त्रमा विशेष महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर छलिको अभियोगमा व्यवसायीमाथि तीन करोड ११ लाख असुलउपर गर्न माग गर्दै मुद्दा दर्ता

लुम्बिनी । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही

पहिले कुलमानलाई उठाएन दिएनन्, उर्जामन्त्री अहिले भन्छन्-‘डेडिकेटेड र ट्रङ्कलाइन’को बक्यौता उठाउने जिम्मा नियमन आयोगको

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड र ट्रङ्कलाइन’मा देखिएको विवाद

भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा

शेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं । बुधबार उच्च अंकले बढेको शेयर बजार नेप्से बिहीबार भने दोहोरो अंकले