पेट्रोल र डिजेलमा दुई/दुई रुपैयाँ मूल्य वृद्धि



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दासमेत गत चार महिनायता मूल्य समायोजन नगरेको निगमले सोमबार वृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

उनले आफूहरुले दशैँ, तिहार छठलगायत चाडपर्वका अवसरमा अन्तर्राष्ट्रिय जगतमा मूल्य वृद्धि भए पनि पुरानै मूल्य कायम गरिएको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० मूल्यान्तर रहेकामा १८ रुपैयाा मूल्यान्तर हुने जनाए । हाल पेट्रोलका प्रतिलिटर १०७ रुपैयाँ र डिजेल ९५ रुपैयाँ थियो । उक्त मूल्य गत साउन २२ गते निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घोडेपानी–पुनहिल घुम्ने पर्यटकको संख्यामा वृद्धि

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं

नगरकोट भ्रमण वर्षमा दुई दिनमा एक लाख पर्यटकको आगमन

  भक्तपुर । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’

नेप्से सात अङ्कले बढ्यो

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले

चैतमा १२ हजार पर्यटकले गरे सगरमाथा क्षेत्रको भ्रमण

सोलुखुम्बु। वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा