साना व्यवसाय तथा उद्यम गर्नका लागि सरकारले पूँजीको अभाव हुन नदिने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना व्यवसाय तथा उद्यम गर्नका लागि पूँजीको अभाव हुन नदिने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको हस्तकला व्यापार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले साना तथा घरेलु उद्योगको विकासका लागि पूँजीको अभाव हुन नदिने नीति लिएको बताए ।

साना तथा घरेलु उद्योगको विकास गरी रोजगारी सिर्जना गर्न उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि पनि पूँजी अभाव हुन नहुने बताए ।

उनले बैंकहरु मार्फत सरकारले ब्याज अनुदानमा उपलब्ध गराउने सहुलियत ऋणको उपयोग गर्नपनि हस्तकला व्यवसायीहरुलाई आग्रह गरे । उद्योगी व्यवसायीहरुले सरकारले हस्तकला व्यवसायको विकासका लागि आधुनिक प्रविधि र सिप विकासमा सघाउ पुर्याउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घोडेपानी–पुनहिल घुम्ने पर्यटकको संख्यामा वृद्धि

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या विसं

नगरकोट भ्रमण वर्षमा दुई दिनमा एक लाख पर्यटकको आगमन

  भक्तपुर । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’

नेप्से सात अङ्कले बढ्यो

  काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले

चैतमा १२ हजार पर्यटकले गरे सगरमाथा क्षेत्रको भ्रमण

सोलुखुम्बु। वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा