चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

चार अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।

साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताए ।

घिसिङले चिलिमे अन्तर्गतका निर्माणाधिन आयोजनाहरुको निर्माणकार्य ५० देखि ८५ प्रतिशत सम्म सम्पन्न भएको जानकारी समेत गराएका छन् ।

चिलिमे अन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणधिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौँ । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ

सुनको मूल्य तोलामा ३ हजार ६ सय रूपैयाँ बढ्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रूपैयाँले बढेको छ

उत्पादन कर्णालीमा, व्यापार काठमाडौंमा

काठमाडौं । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ ।

चितवन मिल्कद्वारा एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरी पाउडर उत्पादन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन