घरेलु महासंघ र सीटीइभिटीबीच सीपमूलक तालिम संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर



काठमाडौं । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालीम सञ्चालन गर्नका लागि पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ ।

सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धी यो सम्झौतामा महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र सीटीइभिटीका सदस्यसचिव डा. पुष्परमण वाग्लेले हस्ताक्षर गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा संघ÷प्रदेश÷स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, सीप विकास तालीम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

त्यस्तै सम्झौतामा तालिम प्रदायक शिक्षण संस्थाहरु मार्फत कार्यस्थलमा आधारित सीपमुलक तालिम सञ्चालनमा सहयोग गर्ने तथा सदस्य उद्योगलाई सीप प्रशिक्षण प्रकृया, दायित्व तथा जिम्मेवारी बारे अभिमुखीकरण प्रदान गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै महासंघले उद्योग पहिचान गर्न सहयोग गर्ने तथा तालीम सञ्चालन गर्न आवश्यक देखिएको नीतिगत सुधारका लागि सम्बन्धित निकायमा पहल गर्ने पनि उल्लेख गरिएको छ । सम्झौतामा महिला तथा युवाद्वारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीप उपलब्ध गराई रोजगारीको सुनिश्चितता गर्ने तथा उद्योगको स्तरोन्नती हुने र बेरोजगारीको समस्या कम हुँदै जाने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य तोलामा ३ हजार ६ सय रूपैयाँ बढ्यो

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रूपैयाँले बढेको छ

उत्पादन कर्णालीमा, व्यापार काठमाडौंमा

काठमाडौं । कर्णालीसहित देशका विभिन्न भूभागका जैविक उत्पादन यहाँ उपलब्ध भएको छ ।

चितवन मिल्कद्वारा एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरी पाउडर उत्पादन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन

चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद