चीनले उर्जा क्षेत्रको विकासका लागि सघाउने



काठमाडौं– ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ ।

आइतबार उर्जा मन्त्रालयको भएके द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन सरकारले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे । मन्त्री पुनले गत महिना भएको चिनियां राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको भन्दै उक्त भ्रमणका क्रममा नेपाल–चीनबीच एक वर्षभित्र उर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको भन्दै उक्त समझदारीलाई अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

उनले नेपाल चीनबीचको उर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भइसकेको भन्दै दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरे ।

चिनियां राष्ट्रपतिकै नेपाल भ्रमणका क्रममा सम्झौता भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाई थियो ।

भेटमा चिनियां राजदूत यान्छीले चीन उर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको बताएकी थिइन् । उनले चिनियां कामदारले व्यहोरिरहेका भिषाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र विजुलीको दररेटजस्ता समस्या समाधानमा उर्जामन्त्रीले खेलेको भुमिकाको प्रशंसा गरेकी थिइन् । साथै उर्जा संयन्त्रको बैठकका लागी आफूले सरोकारवाला निकायसंग छलफल गरेर बैठकको मिति चांडै टुंगो लगाउने जानकारी दिइन् ।

चिनियां राजदूत यान्छीले उर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गर्भनरको नेपाल भ्रमण हुन लागेको जानकारी दिंदै त्यस क्रममा उर्जा क्षेत्रमा सहकार्य गर्न आफुहरु इच्छुक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेटौंडा सिमेन्टको उत्पादन फेरि बन्द

मकवानपुर । चार हप्ताअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिँदा शुक्रबारदेखि उत्पादन

विद्युत प्राधिकरणद्वारा डेडिकेटेड र ट्रंक लाइन बक्यौताको पुनरावेदनका लागि आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बक्यौता सम्बन्धमा पुनरावेदनका लागि

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

काठमाडौँ  । दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ।

गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले

-महादेव अवस्थी, दोधारा चाँदनी (कञ्चनपुर), २६ वैशाख । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली