विद्युत निर्यातका लागि सरकारले थाल्यो बजार खोज्न



काठमाडौं । सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । काठमाडौंमा आयोजना गरिएको उर्जा सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न सरकारले विभिन्न ऐन, कानुनमा सुधार गरेको बताएका हुन् ।

खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग कुरा भइरहेको जानकारी पनि दिए । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर आन्तरिक खपत १ हजार ५ सय मेघावाट मात्रै हुने भएकाले विद्युत निर्यातका लागि बजारको खोजी गर्नु परेको मन्त्री खतिवडाको भनाई थियो ।

उनले डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएकाले ढुक्क भएर लगानी गर्न पनि बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

चिया निर्यातमा हट्यो भारतीय अवरोध, १७ वटा नेपाली ट्रक भन्सार पास

झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबारदेखि खुला

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य

शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । शेयर बजार नेप्से झिनो अंकले बढेको छ । बुधबार नेप्से शून्य