नेपालका आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको एडिबीको गुनासो



काठमाडौं । एशियाली विकास बैंकले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तिय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको त्रिपक्षिय पोर्टफोलियो समीक्षामा एशियाली विकास बैकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।

बैठकमा एडिबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडिबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्ने तर्फ आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलर देखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पुरा हुन नसकेको उनले बताए ।

परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभको भनाई थियो ।  एशियाली विकास बैकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडिबीले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतिहरु रहेको र यस्तो समिक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताए ।

एडिबीले हालसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबीको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ । एडिबीले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड सरकारले तरबार चलाएर ओली सरकारले घाँटी छिनालेको आयोजना !

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या

बजेटमा समावेश भएसँगै ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७०

बजेट पर्यटनमैत्री : होटल सङ्घ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेटप्रति होटल व्यवसायीहरुको छाता

अण्डाको मूल्य बढेपछि किसानलाई राहत

चितवन । लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य