प्रधानमन्त्रीद्वारा सिंहदरबारबाट स्वीच थिचेर त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना उद्घाटन गरेका छन् ।

रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयबाट स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन् ।

आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ ।

यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म एमालेको झोले हुँ, यतिभन्दा एमाले विरोधीलाई चित्त बुझ्छ होलाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको

तेस्रो दिन यस्तो देखियो राजावादीको आन्दोलन(भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजावादीहरुको आन्दोलन शनिबार तेस्रो दिन पनि जारी छ

जेठ २० देखि २४ गतेसम्म कर्णाली राजमार्ग बन्द हुने

कालिकोट । कर्णाली राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ ।