एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’



काठमाडौं । एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यस अन्तर्गत ग्राहकले कर बाहेक प्रति मिनेट १ रूपैयाँमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ लाग्नेछ। यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको हो।

यस प्याक अन्तर्गत ग्राहकले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रूपैयाँ (कर सहित रु २५.५४) मा लिन सक्छन्। एनसेलले पहिलो पटक यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको दाबी गरेको छ।

यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७ह्यास डायल गर्नुपर्नेछ। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ।यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने

भारत सरकारद्वारा जयनगर–कुर्ता सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा

न्यादी हाइड्रोको आइपीओ बाँडफाँट

काठमाडौँ । न्यादी हाइड्रोपावरले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको छ ।

प्रसारण लाइन निर्माणका लागि सात टावर तयार

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले