एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’



काठमाडौं । एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ। यस अन्तर्गत ग्राहकले कर बाहेक प्रति मिनेट १ रूपैयाँमा देश भित्रको सम्पुर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रति मिनेट १.९९ लाग्नेछ। यो अल नेट भ्वाइस प्याक मंगलबार (कार्तिक २६) देखि संचालनमा आएको हो।

यस प्याक अन्तर्गत ग्राहकले २० मिनेटको अल नेटवर्क टक टाइम (देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने) कर बाहेक २० रूपैयाँ (कर सहित रु २५.५४) मा लिन सक्छन्। एनसेलले पहिलो पटक यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको दाबी गरेको छ।

यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स१७११८एष्ट्रिक्स७ह्यास डायल गर्नुपर्नेछ। प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ।यो अफर माघ २६ गते सम्म संचालनमा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौँ । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका

आयोजना बैङ्कमा निरन्तर छेडखानी, कानुन लत्याएर बजेटमा मनोमानी

हेमन्त जोशी, काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६

शेयर बजारमा ६ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो दिन शेयर बजार नेप्सेमा सामान्य अङ्कको सुधार देखिएको छ