क्यान अध्यक्षका लागि कुँवरको उम्मेदवारी घोषणा



काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी मंसीर ७ गते काठमाडांैमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने निर्वाचनमा कुँवरले आफ्नो टिमसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

हालका वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले सबै साथीहरुको सुझावको आधारमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएको बताए । क्यान फेडेरेशनमा ४३ सदस्यीय केन्द्रीय कार्य समिति छ ।

सोही कार्य समिति चयनका लागि आगामी मंसीर ७ गते निर्वाचन हुँदैछ । कुँवरले सूचना र प्रविधिको विकासका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने संकल्पसहित आफूले क्यान फेडेरेशनको आगामी नेतृत्वको लागि उम्मेदवारी दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन

काठमाडौँ । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस

योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबीच भेट

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका

आयोजना बैङ्कमा निरन्तर छेडखानी, कानुन लत्याएर बजेटमा मनोमानी

हेमन्त जोशी, काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६

शेयर बजारमा ६ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ । साताको तेस्रो दिन शेयर बजार नेप्सेमा सामान्य अङ्कको सुधार देखिएको छ