आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थाहरुलाई कार्वाही हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने स्पष्ट पारे ।

गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको स्मरण गराए ।

सोमबार काठमाडांैमा समृद्धि फाईनान्स कम्पनी लिमिटेडको उद्घाटन गर्दै उनले जनताको पैसा लिएका बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट लेखनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

काठमाडौँ, ८ जेठ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी

नेप्सेमा ९ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से बढेको छ

आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्राथमिकतामा राखी आयकरमा ४० प्रतिशत छुट दिन निजी क्षेत्रको माग

काठमाडौँ । निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र

पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय