सबै विज्ञापन एजेन्सीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सरकारको निर्देशन



काठमाडौं । सरकारले सबै विज्ञापन एजेन्सीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशन दिएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा कोष अभिमुखिकरण’ कार्यक्रममा कोषकी प्रवक्ता रमा भट्टराईले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सबै विज्ञापन एजेन्सीहरुलाई निर्देशन दिएकी हुन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने व्यवस्था बाध्यकारी भएको उल्लेख गर्दै उनले त्यसमा आवद्ध नहुने विज्ञापन एजेन्सीहरुलाई सरकारी विज्ञापन समेत नदिने निर्णय गरिएको जानकारी दिइन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनै पनि विज्ञापन एजेन्सीलाई सरकारी विज्ञापन समेत नदिने बाध्यकारी व्यवस्था गरिएको छ,’ प्रवक्ता भट्टराईले भनिन्, ‘यसमा आवद्ध नहुने कुनै पनि संस्थाको नविकरण र ‘ट्याक्स क्लियरेन्स’ लगायतका काम समेत नगर्ने तयारी पनि सरकारले गरेको छ ।’

कोषले रकम अभावमा परेका संस्थाहरुलाई भने सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सहजता प्रदान गर्ने पनि जनाएको छ । कार्यक्रममा नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनका लागि सबै विज्ञापन एजेन्सीहरुको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहरी विकास मन्त्रालयका लागि एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सहरी विकास मन्त्रालयका लागि एक खर्ब

जलाशययुक्त आयोजना प्राथमिकतामा

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा जलस्रोत क्षेत्रको सार्थक उन्नयनका लागि आगामी आर्थिक वर्षका

बजेटमा निजी क्षेत्रलाई प्राथमिकताः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी

बजेटमार्फत के–के भयो करमा हेरफेर ?

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै