मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर उत्पादन नगरेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने बताएका हुन् ।

उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने बताए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई थियो ।

उनले बाह्य पूँजी र प्रविधि भित्राउन सकिने तर बढी जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौतीको निर्णय, करिब २५ अर्ब जोगिने

काठमाडौँ । अर्थ मन्त्रालयले अनावस्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको

यसवर्ष विश्वको मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा विश्व मुद्रास्फीतिदर ६

नेप्सेमा १५ अंकको गिरावट

काठमाडौं । मङ्गलबार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । मंगलबार नेप्से