मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर उत्पादन नगरेसम्म मुलुकमा व्यापार घाटा कायमै रहने बताएका हुन् ।

उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने बताए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाई थियो ।

उनले बाह्य पूँजी र प्रविधि भित्राउन सकिने तर बढी जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा

म्याग्दी । कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन्

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर स्वदेश फर्किएका सूर्योदय

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण