चिलिमेले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । नेपालको जलविद्युत् इतिहासमा कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने श्रेय पाएको चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिए।

कम्पनीले २३ करोड ७९ लाख छ हजार ७ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश र ९५ करोड १६ लाख २७ हजार १५६ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी मङ्सिर ११ गते बस्ने २३ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्ने छ ।

म्पनीको हाल चुक्ता पूँजी चार अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७७२ रहेको छ । कम्पनीका तीन सहायक कम्पनीले चार जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

कुल १११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन र १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । तीमध्ये साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाणिज्य विभागको अनुगमन जारी, २० वटा उद्योगहरूको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार

मुलुकको आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले लिनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य घटेको छ । बिहीबार नेप्से ५