डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन गरिएको छ । आज बिहान नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् । समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ ।

श्रेष्ठमाथि छानबिन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट नै भइसकेको भन्दै आइतबार अर्थ मन्त्रालयले राष्ट्र बेंकलाई पत्राचार गरेको थियो ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ । श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन

नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता

काठमाडौँ । नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुन तोलामा

लहानमा राजमार्ग केन्द्रित होटल अनुगमन

सिरहा । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन शुरू