पर्यटन वर्षमा होटलको कोठामा ३० र खानामा १५ प्रतिशत छुट दिइने



काठमाडौं । होटल व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै छुट योजना सार्वजनिक गरेका छन् । होटल संघ नेपाल (हान) ले भ्रमण वर्षलाई लक्षित गरी नेपाल आउने सबै विदेशी पाहुनाका लागि छुट दिने घोषणा गरेको हो ।

हानका महासचिव साजन शाक्यका अनुसार अब एक वर्षभर होटेलले आफ्नो रुमको मूल्यमा ३० प्रतिशत छुट दिने भएका छन् । खानामा पनि १५ प्रतिशत छुट दिने घोषणा हानले गरेको छ ।

छुट हानका सदस्य होटेलमा मात्र उपलब्ध हुनेछ । हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन् ।

यसअघि भ्रमण वर्ष मूल आयोजक समिति बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी के गर्न सकिन्छ भनी विवरण माग गरिएको थियो । सोही आधारमा हानले छुट योजना सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट विनियोजनमा विभेद भएको भन्दै सत्तापक्ष र प्रतिपक्षी सांसदको एउटै गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छः श्रममन्त्री भण्डारी

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि हुने शोषण

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट