ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरे । दुवै बैंकको वार्षिक साधारणसभा सम्पन्न गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति प्रश्चात एकीकृत कारोबार सुरु हुनेछ ।

उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा सञ्जाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि ग्लोबलले १० वटा विभिन्न वित्तीय संस्थासँग र जनताले ७ वटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्ज रहको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान हो भने ।

सो अवसरमा जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताए । उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुंगो लागिसकेकाले चाँडै संयुक्त कारोबार हुने बताए । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । संयुक्त बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै संयुक्त बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय

नेप्से परिसूचकको ओरालो यात्रा जारी, दुई अर्ब नौ करोडको कारोबार

  काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि ओरालो

नौ महिनामा तातोपानी भन्सारमा आठ अर्ब ५६ करोड राजश्व संकलन

  चौतारा । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी