ग्लोबल आइएमई र जनता बैंकबीच मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा आयोजित एक समारोहबीच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशवबहादुर रायमाझीले हस्ताक्षर गरे । दुवै बैंकको वार्षिक साधारणसभा सम्पन्न गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति प्रश्चात एकीकृत कारोबार सुरु हुनेछ ।

उक्त सम्झौता कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्ज भएको बताउँदै मर्जपछि यो संस्था ७७ जिल्लामै शाखा सञ्जाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि ग्लोबलले १० वटा विभिन्न वित्तीय संस्थासँग र जनताले ७ वटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्ज रहको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान हो भने ।

सो अवसरमा जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना एवं नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग नेपाल राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताए । उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुंगो लागिसकेकाले चाँडै संयुक्त कारोबार हुने बताए । यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । संयुक्त बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै संयुक्त बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भन्सारले उपभोक्तालाई समाउने, लाखौँ मूल्य पर्ने सामान मिलेमतोमा छाड्ने प्रवृत्ति रोक्न प्रभावकारी कानुन बनाउन माग

काठमाडौँ । भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय

दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ। आजदेखि यही फागुन ११ गतेसम्म भृकुटीमण्डपमा दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्था गरिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी

लुम्बिनी प्रदेशको पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत मात्र

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत