नेपाल टेलिकमले ल्यायो तिहार अफर



काठमाडौं । नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।

सो अवसरमा टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस योजनामा रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

रु ५०, १०० र २०० को बोनस तीन दिनभित्र र रु ५०० र १००० को बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।

त्यसैगरी फोरजी÷एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ ।

टेलिकमले पहिलोपटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा ४९ अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

पौडेललाई गभर्नर बनाउन ओली-देउवा सहमत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. विश्व

ग्यास सिलिन्डर साट्दा अतिरिक्त मूल्य तिर्नुपर्ने व्यवस्था हटाउन सांसद कोइरालाको माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले नागरिकका जनजीविका, पूर्वाधार निर्माण,

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं । नेपाली  बजारमा तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि