मंसिर दशमा भोटेकोशीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज प्रतियोगिता हुने



मेलम्ची । अन्तर्राष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको प्रतियोगिता हुनलागेको हो ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ कार्यक्रम यस वर्ष सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा हुनलागेको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप पर्यटक नेपाल भित्राउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ ।

विश्वभरिबाट साहसिक जलयात्राका लागि बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्षमा सहभागी गराउने प्रमुख उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

नाराका अनुसार यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल एशोसिएसन अफ र्यफ्टिङ एजेन्सिज (नारा)को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहकार्यमा सञ्चालन हुनलागेको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ मा कायाक एक्सट्रम स्लालम, डाउनरिभर रेस, कर्पोरेट र्याफ्टिङ रेस र बोटर क्रस गरी चार विधामा कार्यक्रम सञ्चालन गरिनेछ ।

कार्यक्रममा ३० भन्दा बढी देशका ४०० खेलाडी गाइड तथा साहसिक पर्यटनका पारखीलाई सहभागी गराउने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई पुरस्कारको पनि व्यवस्था छ ।

उत्कृष्ट खेलाडीलाई कम्तीमा एक हजार डलर पुरस्कार दिइने भनिए पनि सहभागी सङ्ख्याका आधारमा पुरस्कार राशि बढ्नसक्ने बताइएको छ । प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ । सभाको

रोजगार प्रवद्र्धन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने

काठमाडौं । सरकारले ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने

नेप्सेमा आठ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा