नागढुंगा-सिस्नेखोला सुरुङमार्ग शिलान्यास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास गरेका छन् । सोमबार एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा ओलीले नेपालका कुनै पनि सडकका पेटीमा ’सडक मानिस’ देख्न नपर्ने बताए । उनले सडकमा जिंग्रिङ्ग भएर अब कोही पनि बस्न नपर्ने बताए ।

उनले भने, ’अब सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपल ।’ सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगायउने र घरबार नै नभएकालाई सरकारले जिम्मा लिने बताएका छन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा चार वर्षमा सक्ने गरि सुरुङमार्ग निर्माण सुरु भएको हो । यो सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्नेछ ।

जाइकाले यसमा १६ अर्ब सहयोग गरेको छ । थप ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ ।

चन्द्रागिरि नगरपालिका १ टोटेपाखामा प्रधानमन्त्री ओलीले सुरुङमार्ग शिलान्यास गरेका हुन् । प्रवेश मार्गसहित ५.५६ किलोमिटर सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

सरकारले लगानी गर्ने करिब ६ अर्ब प्रभावितलाई मुआब्जा वितरणमा खर्च हुने आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

काठमाडौं । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन

उत्तरगङ्गा जलाशययुक्त आयोजना डिपिआरमै अल्झियो

गलकोट । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिने

काठमाडौँ । बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा

घट्यो अन्नपूर्ण क्षेत्रका पदमार्गमा पर्यटकको आकर्षण

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले