प्रदेश पाँचका सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा



काठमाडौं । आम जनताको वित्तीय पहुँचमा प्रदेश पाँच शीर्ष स्थानमा रहेको छ । नयाँ संविधानअनुसार स्थापित सात प्रदेश मध्ये प्रदेश ५ का सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् ।

स्थानीय तहको निर्वाचनका क्रममा ‘गाँउ–गाँउमा सिंहदरबार’ को नारा दिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लगायतका राजनीतिक दलले जनतासँग गरेको प्रतिबद्धताअनुसार नै बैंक तथा वित्तीय संस्थाका शाखा खोल्न सहजीकरण गरेका छन् ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको ‘वित्तीय पहुँच विषयक’ प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न र उनीहरुलाई सहजीकरण गर्न प्रदेश नं ५ अग्रस्थानमा रहेको उल्लेख गरेको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म कूल ७३९ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुलेका छन् ।

बैंकका अनुसार २०७५ असार मसान्तसम्म कूल ६३१ र २०७४ असार मसान्तसम्ममा २९६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विवरणअनुसार २०७६ असोज महिनासम्म प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

कूल १०९ स्थानीय तहमध्ये सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुली स्थानीय सेवाग्राहीलाई बैंकिङ सेवा पुर्याएका छन् । बैंकका अनुसार प्रदेश नं १ को कूल १३७ स्थानीय तहमध्ये १३६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् ।

सो प्रदेशको एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा खुल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ को १३६ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । सो प्रदेशका दुई स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा स्थापना हुन बाँकी रहेको छ । प्रदेश नं ३ को पनि दुई स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् ।

सो प्रदेशका कूल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा स्थापना हुन बाँकी रहेको छ ।

कर्णालीका कूल ७९ स्थानीय तहमध्ये ७७ स्थानीय तहमा बैंकका शाखा खुल्दा दुई स्थानीय तहमा मात्रै शाखा खुल्न बाँकी छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशको कूल ८८ स्थानीय तहमध्ये ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्दा छ स्थानीय तहमा शाखा स्थापना हुन बाँकी रहेका छन् ।

कर्णाली प्रदेशका १७ लाख ५५ हजार ६२ जनसङ्ख्यालाई कूल ३५४ बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा दिएका छन् । प्रतिशाखा जनसङ्ख्याको आधारमा हेर्दा एक बैंक तथा वित्तीय संस्थाले कूल चार हजार ९५८ जनालाई सेवा दिनुपर्ने अवस्था रहेको छ ।

यस्तै सुदूरपश्चिमका चार हजार ४०९ जनालाई एक बैंक तथा वित्तीय संस्थाका शाखाले सेवा दिएको छ । सो प्रदेशका वित्तीय संस्थाका शाखा सङ्ख्या ६४७ रहेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको प्रदेशगत तथ्याङ्कको हिस्साका आधारमा केन्द्रीय बैंकले प्रतिशाखा बराबरको जनसङ्ख्याको अनुपात निकालेको हो । सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको शाखा प्रदेश नं ३ मा छ ।

सो प्रदेशमा दुई हजार २३१ बैंकिङ कारोबार गर्ने संस्था क्रियाशील छन् । प्रतिशाखाले दुई हजार ७७० जनालाई सेवा दिएको छ । प्रदेश नं १ मा तीन हजार ४८१ जनालाई एउटा शाखाले सेवा दिँदा प्रदेश नं २ मा चार हजार ९३८, गण्डकीका दुई हजार २५७ जनाले एक शाखाबाट सेवा पाएका छन् । प्रदेश नं ५ का दुई हजार ९५१ जनाले प्रतिशाखाका दरले सेवा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भन्सारले उपभोक्तालाई समाउने, लाखौँ मूल्य पर्ने सामान मिलेमतोमा छाड्ने प्रवृत्ति रोक्न प्रभावकारी कानुन बनाउन माग

काठमाडौँ । भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा भन्सार अधिकृतलाई कतिपय

दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौँ। आजदेखि यही फागुन ११ गतेसम्म भृकुटीमण्डपमा दशौँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै ऐनको व्यवस्था गरिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी

लुम्बिनी प्रदेशको पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत मात्र

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत