१४ मेगावाट क्षमताको कुलेखानी तेस्रोबाट विद्युत उत्पादन शुरु



हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका– १ सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले सोमबारबाट विद्युत उत्पादन परीक्षण शुरु गरेको छ ।

आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको उक्त आयोजनाले जनाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले संयुक्तरुपमा चार अर्ब ६३ करोडको अनुदानमा करीब १२ वर्षअघि आयोजना निर्माणका लागि लिखित सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित विद्युत् अब नियमितरुपमा उत्पादन भइरहने आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाको विद्युत्लाई नियमित उत्पादन गर्नेतर्फ कुलेखानी आयोजना प्रथम र दोस्रो अयोजनाबाट निस्केको पानीबाट मात्र नियमित क्षमतानुसार विद्युत् उत्पादन हुने कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवासकुमार मिश्रले बताए ।

उनका अनुसार, आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युुत् उत्पादन गर्ने प्रयास सफल भएको हो ।

कुलेखानी पहिलोबाट दोस्रो सञ्चालन हुने र दोस्रो आयोजना सञ्चालन भएपछि मात्रै तेस्रो आयोजनामा विद्युत् उत्पादन गर्न पानीको आपूर्ति पूरा हुने आयोजना प्रमुख मिश्रले बताए ।

भैँसेस्थित कुलेखानीको दोस्रो आयोजनाबाट निस्केको पानीलाई भीमफेदी गाउँपालिका– १ सानुटारस्थित विद्युत्गृहसम्ममा करीब चार हजार २०० मिटर भूमिगत सुरुङमार्गबाट पानी ल्याउने गरिएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौं । सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से

सहकारी र लघुवित्तपीडितहरु आन्दोलित

काठमाडौं । सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु