ग्लोबल आइएमईले शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य मुनाफाबाट उक्त परिमाणमा लामांश दिने निर्णय गरेको हो ।

बैंकले १२.७५ प्रतिशत शेयर लाभांश र १२.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंगलबार उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो ।

लाभांश बैंकको साधारणसभाले र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि वितरण हुने कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै शिवम् सिमेन्ट प्रा.लिले आफ्ना शेयरधनीलाई प्रतिशेयर १५.७८ प्रतिशतका दरले नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ६९ करोड ४७ लाख ३८ हजार लाभांश वितरण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँ

काठमाडौँ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण

उत्खननको पर्खाइमा बागलुङको तामाखानी

गलकोट । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ