मेलम्चीको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्ने जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ ।

मेलम्ची खानेपानी आयोजना र सिनो हाइड्रो कर्पोरसनबीच आइतवार बाँकी काम गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा आयोजनाका तर्फबाट मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री र कम्पनीका तर्फबाट वाङ हुवाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएको एक महिनाभित्र कम्पनीले काम शुरु गरी सक्नुपर्नेछ । सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्छ ।

आयोजनाका निर्देशक पन्तका अनुसार सिनोसँग सम्भवतः केही दिनमै हेडवक्र्सतर्फको कामका लागि सम्झौता हुनेछ । कम्पनीले सुरुङतर्फ ८५ करोडमा ठेक्का सकारेको छ ।

हेडवक्सतर्फ पनि २९ प्रतिशत बिलोमा गएर सिनोले ९० करोडमा ठेक्का पाउँदैछ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्ट्रुमेन्टेसन कामको ठेक्का पाउने ठेकेदारसँग समन्वयको काम पनि गर्नुपर्नेछ । सिनोले सम्झौता आगावै कार्यस्थलको अवलोकन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग