गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा राष्ट्र बैंकद्वारा सिक्का निष्कासन



काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरेका हुन् ।

गुरु नानकको सम्मानमा निष्कासन गरिएका सिक्का १००, १००० र २५०० रुपैयाँ मूल्य दरका भएको बैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए ।

समारोहमा शिख हेरिटेज अफ नेपाल नामक पुस्तक पनि सार्वजनिक गरियो । सो अवसरमा शिख समुदायबाट नेपालको विकास र समृद्धिमा हँुदै आएको योगदानबारे जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२ हजार रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सुनको भाउ बुधबार दुई हजार रुपैयाँले घटेको छ । मंगलबारको तुलनामा

रानी–जमरा–कुलरिया सिँचाइको काममा ठेकेदारको लापरबाही, १० वर्षमा १८ प्रतिशत काम

भजनी । आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको राष्ट्रिय गौरव अन्तर्गतको आयोजना रानी

आठ महिनामा उद्योगमा साढे एक खर्बको प्रतिबद्धता

काठमाडौं । करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको

करका विषयमा राजश्व परामर्श समितिले माग्यो सुझाव

काठमाडौं । राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कर प्रशासन