ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट



काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले आन्तरिक उडानमा ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गरेर संघमा आवद्ध आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको जनाएका हुन् ।

उनले बिहीबार बसेको कार्यसमिति बैठकले घटस्थापनाका दिनबाट उक्त छुट सुविधा लागु हुने पनि बताएका छन् । ७० वर्ष माथिका विपन्न ज्येष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि सम्वन्धित वायुसेवा कम्पनीको कार्यालयमा पुगेर स्वयमले आफू विपन्न भएको व्यहोरा स्व–घोषणा गर्नुपर्ने संघले जनाएको छ । उक्त छुट सुविधा ‘अपर लिमिट’ को हवाई भाडादरमा मात्र लागु पनि संघले बताएको छ ।

टंक रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा दुईजना र स्टल रुटमा हवाई सेवा सञ्चालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा एक जना विपन्न ज्येष्ठ नागरिकलाई मात्र छुट सुविधा उपलव्ध गराउने अध्यक्ष थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय

काठमाडौँ ।  सन् २००९ मा अमेरिकामा सुरु भएको र हाल व्यावसायिकरूपले निकै सफल

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास

बेइजिङ विजनेस समिटः नेपालमा चिनियाँ लगानी आह्वान

बेइजिङ । “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा

विश्व पर्यटन दिवसको पोखरामा तयारी

  गण्डकी । पर्यटकीय नगरी पोखरामा ४४औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई